मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानी राजदूतलाई चुनावको अवलोकन गर्न निम्तो



१६ कात्तिक, काठमाडौं । नेपालका लागि जापानका राजदूत निर्वाचन आयोग पुगेका छन। राजदूत युताका किकुता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गर्न कान्तिपथस्थित आयोग गएका हुन।

भेटमा उनीहरुबीच दुई देशबीचको निर्वाचन प्रणाली र निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य बारेमा छलफल भएको जानकारी दिइएको छ ।

प्रमुख निर्वाचन आयुक्तले आगामी निर्वाचनको अवलोकन गर्न राजदूत किकुतालाई आमन्त्रण गरेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : ४३ बजे