मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि



१६ कार्तिक, काठमान्डौँ । देशभर थप ५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४६ तथा एन्टिजेन विधिबाट १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २१ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ०१ बजे