मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा ट्याक्टरको ठक्करबाट घाइते भएका महतोको मृत्यु



१७ कात्तिक, काठमाडौं । वीरगञ्जमा ट्याक्टरको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ । यही कात्तिक १३ गते वीरगञ्ज महानगरपालिका-३२ मा ५९ वर्षीय चोकट महतोलाई ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट सख्त घाइते भएका महतोको आज बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरका चालक भने अझै फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ४६ बजे