मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र ल्याइँदै



१७ कार्तिक ,काठमान्डौँ । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ल्याएको हो । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार बुधबार दुई पटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको जानकारी दिए । उनले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनु परेको बताए। काठमाडौंबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिमा जुम्ला ओसार्ने काम सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो। तर यस पटक बाटो साँघुरो भएकाले हेलिमा ल्याउनु परेको बताइएको छ ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस विष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट बुधबार हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । उनका अनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइ सुरक्षित गरिएको छ ।

समानुपातिकको चार हजार मत आउन बाँकी छ । मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार बिहीबार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै ल्याइनेछ । जुम्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (क) का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको र त्यो मत पत्र बिहीबार सुर्खेतबाट हेलिकोप्टरमा आउने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार जुम्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा जम्मा मतदाता संख्या ६८ हजार ६ सय ३८ रहेको छ । जसमा प्रदेश ९क० मा ३६ हजार सात सय ८३ र प्रदेश ९ख० मा ३१ हजार आठ सय ५५ रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १२ : ३६ बजे