मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य तोलामा ४०० ले घट्यो, चाँदीको पनि घट्यो



१७ कार्तिक ,काठमान्डौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार १०० रूपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १२ सय १५ रूपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १२ : ४७ बजे