मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्वेताले राखिन् छोरीको नाम ‘ब्रायना’, भन्छिन्- यो क्षणमा जादूयी महसुस गरिरहेकी छु



काठमाडौं । अभिनेत्री श्वेता खड्का र पति विजयन्द्रसिंह रावतलाई मंगलबार पुत्रीलाभ भयो । छोरीको जन्मपछि श्वेता दम्पती निकै प्रफुल्ल देखिन्छन् र एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेका छन् । श्वेता दम्पतीले विहीबार छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ ।

ब्रायनको स्त्रीलिंगी शब्द ब्रायना हो । लोकप्रिय शब्द ब्रायनालाई केही अन्तर्राष्ट्रिय सेलिब्रिटीले पनि आफ्ना छोरीको नाममा प्रयोग गरेका छन् । श्वेताले छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई धन्यवाद दिएकी छन् । उनले आमा हुन पाउनुलाई जीवनकै सुन्दर अवार्डसँग तुलना गरेकी थिइन् ।

श्वेता लेख्छिन्, ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’केही समय आराम गरेपछि अब फिल्म निर्माणमा कमब्याक गर्ने श्वेताको तयारी छ । केही साताअघि अनलाइनखबरसँग कुरा गदै उनले आफूलाई नारी सशक्तीकरणबारे फिल्म बनाउने तयारी रहेको उनले जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ३७ बजे