मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै



१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८-० को फरकिलो अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा तीन टिमले डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ । नेपालले दोस्रो खेल घरेलु टोली बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । यस्तै भुटानसँग नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा पुनस् खेल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ४९ बजे