मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ वर्षीया नाबालिकालाई करणी आरोपमा एक जना पक्राउ



१७ कात्तिक, काठमान्डौँ। विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।

कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ ।

पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ५२ बजे