मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा सवारी दुर्घटनाका घाइतेको मृत्यु



१७ कात्तिक, काठमान्डौँ । वीरगञ्जमा सवारी दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने ५९ वर्षीय चोकट महतोको मृत्यु भएको हो । कार्तिक १३ गते बिहान चोर्नीमा माटो खसालेर व्याक गर्ने क्रममा ना ६ त ५५०२ नम्बरको ट्याक्टरले पैदल यात्रा गरिरहेका महतोलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट टाउकोमा चोट लागेर गम्भिर घाइते भएका उनलाई नेपाल मेडिसिटि बयोधा अस्पताल वीरगञ्जमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान ०५:५० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मृतकको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको उनले बताए । ट्याक्टर चालक चोर्नीकै २० वर्षीय धर्मेन्द्र यादव दुर्घटना पछि फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ५७ बजे