मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय तीर्थयात्री सवार बस गैंडाकोटमा दुर्घटना, २२ जना घाइते



१७ कार्तिक , काठमान्डौँ । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९, जयश्रीपुल नजिकै आज बिहान भारतीय तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा २२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भारतको गुजरातबाट पशुपति दर्शनका लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस बिहान सवा ५ बजे पल्टिएको थियो ।

घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ०८ बजे