मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ



१७ कार्तिक ,काठमान्डौँ । रुपन्देहीमा १८ र १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् । उनीहरूको खोजी तीव्र पारिएको डीएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।

कञ्चन गाउँपालिका(२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ३४ बजे