मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठ उपाध्यक्ष पोखरेलका २८ प्रतिबद्धता



१७ कार्तिक , काठमान्डौँ । नेकपा (एमाले) का तर्फबाट काठमाडौं क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आगामी मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि पोखरेलले बिहीबार काठमाडौं आयोजित कार्यक्रममार्फत प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“स्थानीय तहको निर्वाचनमा जारी नेकपा (एमाले) को घोषणापत्र । प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्नरुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

नेकपा (एमाले) ले आगामी निर्वाचनमा प्रदेशसभा (१) मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा (२) मा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ४ : १० बजे