मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपरासीपूर्वका ६ वटा पालिकामा आज सार्वजनिक विदा



१८ कात्तिक, काठमान्डौँ । नवलपरासी पूर्व (नवलपुर) का छ वटा पालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् । कार्यपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक विदा हुने पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ ।

हरिबोधिनी एकादशीको अवसरमा जिल्लाको हुप्सेकोट गाउँपालिकाले विष्णुधाममा विशेष धार्मिक कार्यक्रम आयोजना गरेको छ । धार्मिक स्थलको रुपमा विकास गरिएको विष्णुधाममा तुलसी विवाहका साथै तोरण तर्ने कार्यहरु गरिने जनाइएको छ ।

जिल्लाकै पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही, बालीघाट, त्रिवेणी लगायतका तीर्थस्थलहरूमा हरिबोधिनी एकादशी को अवसरमा विशेष मेला लाग्ने गर्दछ । नारायणी नदी तटीय क्षेत्रमा लाग्ने मेलाहरुमा सांस्कृतिक कार्यक्रम सहित स्थानीय खानाका परिकार, नवलपुरको पहाडी क्षेत्रको सुन्तला, विभिन्न व्यवसायिक स्टल समेत रहने गरेका छन् । नारायणी नदीमा ठूलो एकादशीका दिन स्नान र पूजाअर्चना गर्न विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : २४ बजे