मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं १ मा प्रकाशमानले थाले घरदैलो



१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गरेका छन् । उनले आज बिहान पुरानोबानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन् ।

अभियान सुरु गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई मजबुत बनाउन, संविधानको रक्षा गर्न वाम–लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताए ।

अहिलेको गठबन्धनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान अनुसारको व्यवस्थालाई थप मजबुत बनाउँदै देशमा राजनीतिक स्थिरता ल्याउने दाबी उनले गरे । प्रकाशमानले काठमाडौं १ बाट लगातार तीन वटा चुनाव जितेका छन् । यसपटक उनीसँग नेकपा एमालेका किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेल लगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ४५ बजे