मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउड फिल्मको मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का



काठमाडौं । ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए । उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरे ।

प्रिमियरपछि आयोजित होम पार्टीमा सोनाक्षी र प्रदीपबीच भलाकुसारी समेत भयो । आफू नेपाल घुम्न गएको जानकारी दिंदै सोनाक्षीले के प्रदीपजस्तो ट्यालेन्ट अभिनेता नेपालमा पनि छन् र रु भनेर जिज्ञासा राखेकी थिइन् ।

सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । प्रिमियरमा भाग लिन मुम्बई पुगेका प्रदीप काठमाडौं फर्कंदैछन् । यसैबीच, प्रदीपलाई मुम्बईको एक फिल्म प्रोजेक्टबाट अभिनयको प्रस्ताव आएको, तर निधो भइनसकेको उनी निकट स्रोतले जनाएको छ । प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ५० बजे