मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्मनीका फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने



१८ कात्तिक, काठमाडौं । जर्मनीका फरवार्ड टिमो वेर्नरले कतारमा यही महिना कतारमा सुरु हुने पिफा विश्वकप फुटबल गुमाउने भएका छन् । एंकलको चोटका कारण वेर्नरले कतार विश्वकप गुमाउने भएका हुन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार आरबी लाइपजिगले साख्तर डोनेस्कलाई ४-० ले पराजित गर्दा वेर्नर घाइते भएका थिए । २६ वर्षीय वेर्नर १९ मिनेटपछि नै मैदानबाट बाहिरिएका थिए । वेर्नरको क्लब लाइपजिगले बिहीबार उनको चोट पुष्टि गर्दै २०२२ भरीका लागि खेल बाहिर हुने जनाएको छ ।

वेर्नरले जर्मनीका लागि ५५ खेल खेल्दै २४ गोल गरिसकेका छन् । प्रिमियर लिग क्लब चेल्सीका लागि समेत खेलेका उनी यसै वर्ष फेरि लाइपजिगमै फर्केका थिए । वेर्नर सन् २०१८ को विश्वकप र युरोकप २०२० मा जर्मनीको टिममा थिए । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपमा जर्मनीले जापानसँग पहिलो खेल नोभेम्बर २३ मा खेल्नेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ५४ बजे