मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



१८ कार्तिक ,काठमान्डौँ । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कात्तिक १५ मा दुर्घटनामा परेर घाइते भएकी सुब्बाको बाजबजारस्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्तकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका घर भएका २४ वर्षीय मिलन रानालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ०७ बजे