मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य



१८ कार्तिक , काठमान्डौँ । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै आज पनि भाउ घटेको जानकारी दिएको हो । यसअघि, हिजो बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । हिजो तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य आज १० रूपैयाँले नै बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : २२ बजे