मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा बोलेरोको ठक्‍करबाट १ जनाको मृत्यु, चालक फरार



१८ कार्तिक , काठमान्डौँ । चितवनको कालिका नगरपालिका–७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीनबहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिँडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १० बजे