मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हत्या आरोपमा दुईजना पक्राउ



१८ कार्तिक ,काठमान्डौँ । काभ्रेको धुलिखेल नगरपालिका–११ डाडागाँउ बस्ने ५२ वर्षीया बिन्दा कमिनीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ–७ घर भएकी २८ वर्षीया कोपिला विक र धुलिखेल नगरपालिका–११ डाँडागाँउ बस्ने ५० वर्षीय गोपाल विक छन् ।

आरोपी कोपिला मृतककी नातिनी हुन् । कोपिला र गोपालले मादक पदार्थ सेवन गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : २९ बजे