मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, २८ जना संक्रमण मुक्त



१८ कार्तिक , काठमान्डौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका ५६९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : ५५ बजे