मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्थडेमा आकाशलाई फ्यानले दिए सुनको ब्रासलेट, औंठी र टप



काठमाडौं । अभिनेता आकाश श्रेष्ठले शनिबार भव्य कार्यक्रममाझ जन्मदिन मनाए । उनको बर्थडे मनाउन काठमाडौंको एवान भेन्यु पार्टी प्यालेसमा कार्यक्रम नै आयोजना गरिएको थियो । खरानी रङको सुटमा ठाँटिएर फ्यानसँगै जन्मदिन मनाउन आकाश उक्त पार्टी प्यालेसमा पुगेका थिए । जहाँ समारोहलाई भव्य देखाउन उनले कुनै कसर बाँकी राखेनन् । फ्यानले लगाइदिएका फूलको माला र खादाबाट उनी ढाकिए ।

हुन त आकाश भनेपछि फ्यानहरु पनि हुरुक्कै हुन्छन् । उनका यस्ता डाइहार्ट फ्यान छन् कि आकाश भनेपछि जहाँसुकै पनि पुग्छन् । उनको फिल्म हलमा रिलिज हुँदा पनि फ्यानको जुन क्रेज देखिन्छ, यसले अरुलाई आश्चर्य पनि तुल्याउँछ ।

शनिबार आकाशको जन्मदिन फ्यानले दिएको उपहारले चर्चामा रह्यो । फ्यानले उनलाई एक हातमा सुनको ब्रासलेट र औंठी तथा दुवै कानमा सुनको टप उपहार दिए । अर्का अभिनेता राजीवजंग बस्नेतसँग केक काटेपछि आकाशलाई फ्यानको गिफ्ट आउन थाल्छ । उपहारको पोको खोलेपछि आकाश लजाए पनि । त्यहाँ उपस्थित एक महिलाले आकाशलाई दिइएका ती सुनको उपहार लगाइदिन्छिन् । जन्मदिन समारोहमा आकाशले एक असहाय व्यक्तिलाई ५० हजार रुपैयाँ समेत हस्तान्तरण गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : १७ बजे