मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावको चहल पहलसँगै खबरदारी पनि



२० कार्तिक , काठमान्डौँ । तराई मधेसमा चुनावको चहलपहल बढिरहेको बेला मतदातालाई सचेत गराउन केही प्राध्यापक तथा नागरिक अगुवाहरुले खबरदारी कार्यक्रम सुरु गरेका छन् । प्राध्यापक कुमार कमलेन्द्रम्को संयोजकत्वमा नागरिक समाज, नेपाल गठन गरी ठाउँ ठाउँमा कार्यक्रमको आयोजना गर्दै मतदातालाई सचेत गराउने काम भएको हो ।

उनीहरुले ५० औं लाख युवालाई मताधिकारबाट बन्चित गर्ने र सात लाख मधेशीलाई नागरिकताबाट बन्चित गर्ने उम्मेदवारलाई मतदान नगर्न समेत अपिल गरेका छन् । राजनीतिको चरम व्यापारीकरण गर्ने, दलीय निरंकुशता र स्वच्छेचारिता लाद्ने, मुल मुद्दा र सिद्धान्तको राजनीतिक छाडेर सत्ता, सरकार र निहित स्वार्थका लागि गठबन्धन गर्ने, गठबन्धनको नाममा उत्पिडितको प्रतिनिधित्वलाई उपेक्षा गर्ने, चुलिँदो महँगीको नियन्त्रण गर्न नसकेको कारण लोकतन्त्र संकटमा परेको नागरिक समाजको निष्कर्ष छ ।

धार्मिक कट्टरवाद, एकल वर्चश्ववाद, दलीय हैकमवाद र आम जनमानसमा फैलिएको निराशा, विरुद्ध विधिको शासन, आत्मनिर्णयको अधिकार र आत्मसमान सहितको समावेशी समानुपातिकका लागि खबरदारी गर्न नागरिक समाजवले आन्दोलन सुरु गरेको समाजका संयोजक कमलेन्द्रम्ले बताए । उनीहरुले सेना विघटनको माग गर्दै समानुपातिक राष्ट्रिय सुरक्षा बल गठन गर्न गरेका छन् । साथै, एउटै व्यक्ति दुईवटा कार्यकारी पदमा र दुई कार्यकालभन्दा बढी समय बस्न नहुने व्यवस्था गर्न माग पनि माग गरिएको छ । यो खबरदारी कार्यक्रम हिजादेखि सप्तरीबाट सुरु भएको छ । यो कार्यक्रम पर्साको वीरगञ्जमा गएर समापन गर्ने तयारी रहेको संयोजक कमलेन्द्रम्ले बताए । समय बाँकी रहेमा विराटनगरमा पनि यो कार्यक्रम गर्ने आफूहरुको तयारी रहेको उनले बताए । चुनाव सम्पन्न भएपछि नयाँ ढंगबाट यो कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : १९ बजे