मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



२४ कात्तिक, काठमान्डौँ। मकवानपुरको बकैया–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट हात्तिसुढेतर्फ गैरहेको बा प्र ०३–००१ त ३४१ नम्वरको ट्याक्टर बुधबार राति ९ बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

ट्याक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरीका २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सबार बागमती–५ कै ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ट्याक्टर चालक तथा ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १ : ०० बजे