मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य स्थिर, चाँदीको घट्यो



२४ कार्तिक , काठमान्डौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्य सूची तोक्दै महासंघले हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ छ । हिजो बुधबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

मंगलबारको तुलनामा तोलामा १४ सय रूपैयाँ बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रूपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १ : ०४ बजे