मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



२४ कार्तिक , काठमान्डौँ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिबाट एकजनालाई पक्राउ गरेको छ ।

२६ वर्षीया सपना गोरडको हत्या गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारबाट ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्र्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबारे बजारमा सुन पसल संचालन गरेर बस्ने रघुनाथ भारतीय नागरिक हुन् । सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  २ : ३२ बजे