मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईंः प्रचण्ड



२४ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए ।

‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो गठबन्धनलाई जनताले अत्याधिक विजयी गराउन जरुरी छ’, प्रचण्डको भनाइ छ ।

उनले संविधान मिचेर लोकतन्त्रको हत्या गर्ने प्रयास भएपनि त्यसलाई आफूहरूले असफल पारिदिएको बताए । ‘नेपालमा यदि त्यो सफल भएको भए देश फेरि आन्दोलन र अराजकतामा जान्थ्यो, यद्यपि त्यसलाई हामीले परास्त गर्यौ र स्थानीय हुँदै यो निर्वाचनसम्म आएका छौ’, गोरखा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले गठबन्धन नारा नै सम्बृद्धि र विकास भएको बताए । उनले आफ्नो एउटै मात्र सपना रहेको र त्यो भनेको गोरखाबाट आर्थिक सम्बृद्धिको सुरुवात गर्ने र त्यो सम्बृद्धि विश्वले देख्ने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ४ : ०१ बजे