मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौंडामा फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु



२५ कात्तिक, काठमान्डौँ । हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् । ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।

हेटौंडा–१० राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा आज बिहान ८ बजेको समयमा नगरपालिकाको कर्मचारीले बोरा भित्र प्याक गरिएको अवस्थामा शिशुको शव भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको शबलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : १६ बजे