मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाक खुम्च्याएर राजनीतिज्ञलाई गाली गर्ने जमात बढ्दो छः स्वतन्त्र उम्मेद्धार बिराज भक्त्त




२५ कात्तिक, काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धार बिराज भक्त श्रेष्ठले नाक खुम्च्याएर राजनीतिज्ञलाई गाली गर्ने जमात बढ्दो रहेको बताएका छन् । उनले काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधि सभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीफबाट उम्मेद्वार दिएका छन । राजनीतिलाई गाली गर्ने जमात बढी रहदा उनले निराशै–निराशाको पर्याय बनेको राजनीतिमा आशाको दियो बालेर सक्रिय राजनीतिको मैदानमा उत्रीने बताएका छन । उनको राजनीतिक उद्देश्य भनेको राजनीतिज्ञलाई साथ दिने जमात बढाउनु हो । श्रेष्ठले छलकपट र कुसंस्कारको पर्याय बनेको राजनीतिलाई निष्ठा र सुसंस्कार सहित यसलाई सही मार्ग र सही मर्ममा पुनःस्थापित गर्न सकिन्छ भन्ने विश्वास र यसप्रतिको प्रतिबद्धता अझै बढेर गएको बताएका छन । आफू काठमाडौंमा जन्मिएर, हुर्कने, बढ्ने सौभाग्य पाएकैले उनले त्यहाँको टोल-टोल, गल्ली-गल्लीमा आफूलाई पाउने समेत बताएका छन ।

उनले भने-‘राजनीतिक हिसाबले काठमाडौं सधैं केन्द्रमा रह्यो । त्यसैले यहाँ रहेर मैले पञ्चायती व्यवस्था हुँदै बहुदलीय प्रजातन्त्रजस्ता नेपालका हरेक शासकीय व्यवस्थालाई प्रत्यक्ष नियाल्दै राजनीतिक चेत विकसित गर्ने मौका पाएँ। ‘ काठमाडौंको कला, संस्कृति अनि जात्रा पर्वमा आफूलाई जीवन्त पाउने र आफूलाई सदैव यिनको पक्षमा उभिने ऊर्जा पाएको श्रेष्ठले बताए । यसैक्रममा उनले १० वर्ष लामो सशस्त्र संघर्षलाई प्रत्यक्ष रूपमा नियाल्दै हुर्किएँ, जसको फलस्वरूप उनले वर्गमा आधारित अन्यायको वैचारिक आन्दोलनलाई अँगाले। काठमाडौंको मुख्य भागमा जन्मिएर बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक गरेका उनले सामाजिक अभियन्ता र उद्यमीका रूपमा आफ्नो काम सुरु गरेँ। उनी एक डिस्क जकी (डीजे) तथा ट्रेकिङ र बाइक राइडिङको सौखिन व्यत्ति हुन। बिराजले२०७२ को भूकम्पमा राहत वितरण र उद्धार अभियानका लागि स्वयमसेवक नेतृत्व टोलीको नेतृत्व गरेँ। मुस्ताङ र बर्दिवास जिल्लामा विपन्न समुदायका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरेँका थिए । यससँगै उनी फोर्स नेपालु नामक वातावरणीय संस्थाको नेतृत्व गर्दै वन ट्री मेरो जिम्मेवारी (ओटीएमआर) अभियान मार्फत् वृक्षारोपणको आवश्यकतालाई समेत आवाज रहेका छन ।

उनी विवेकशील साझा पार्टीको तर्फबाट समानुपातिक प्रतिनिधिमा निर्वाचित भई बागमती प्रदेश सभाको सांसद्को रूपमा काम गरेका थिए। राजनीतिक हिसाबले प्रदेश सांसद् बाहेक आफू तत्कालीन विवेकशील नेपाली दलमा आबद्ध भएर काठमाडौं महानगर कमिटीको अध्यक्षको रूपमा पार्टीको सञ्जाल विस्तार गर्ने काममा लागेको बताए। साझा पार्टीसँग गाभिएर विवेकशील साझा पार्टी बनाएपछि आफू पार्टीको केन्द्रीय समितिको सदस्य बनेका थिए । हाल स्वतन्त्र पार्टीमा रहेका उनी पार्टीगत राजनीति मार्फत भ्रष्टाचार विरोधी, अधिकार सचेतना, अर्थतन्त्र र नीति पारदर्शिता लगायतका सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय भएँ।

उनले भने-‘ मेरो आफ्नो राजनीतिक एजेन्डामा सामाजिक–आर्थिक ढाँचालाई मुख्य रूपमा समेटेको छु र राजनीतिमा युवाको सक्रिय सहभागिता मार्फत देशको वर्तमान परिदृश्यमा परिवर्तन ल्याउन म कटिबद्ध छु । म नेपालको संविधानप्रति प्रतिबद्ध रही यस मार्फत पर्यावरण जागरूकता र आध्यात्मिक जागरण सहितको थप आर्थिक समृद्धिका लागि स्थानीय नागरिक, स्रोतसाधन र संस्थालाई सामूहिक रूपमा समावेशिताको सिद्दान्त अनुसार सहभागी गराउनेमा विश्वस्त छु ।प्रदेश सांसदको रूपमा मैले सदैव साधारण जनता र सरकारलाई जोड्ने जिम्मेवार जनप्रतिनिधिको रूपमा काम गर्ने प्रयास गरेँ । सदैव जनताको आवाजलाई सदनमा गुञ्जायमान बनाउने प्रयास गरेँ । यसै प्रयास स्वरूप मैले आम जनतालाई कोभिड महामारीले आक्रान्त बनाइरहँदा स्वास्थ सेवा र कोभिड व्यवस्थापन सम्बन्धमा सरकारलाई सदन र सडकबाट दबाव सृजना गर्न विभिन्न कार्यक्रमहरुमा नेतृत्त्वदायी भूमिका निर्वाह गर्दै सहभागी भएँ । मैले सदनमा सांसद रहँदा परनिर्भरता घटाउने, युवा शशक्तिकरण, महिला शशक्तिकरण, बलात्कार, वैदेशिक रोजगारीलाई न्यूनीकरण, विपद् व्यवस्थापन, प्राविधिक शिक्षा, हस्तकलाको प्रवर्द्धन, खेलकुद– प्रशिक्षण र पोषण, भ्रष्टाचार, कर प्रणाली सुधार, डेङ्गु रोगको नियन्त्रण, काठमाडौंको ट्राफिक जाम, मेलम्ची खानेपानी परियोजना, जलवायु परिवर्तन र पर्यावरण संरक्षण, प्राचीन स्मारक ऐनको विषय लगायत गैर–न्यायिक सडक बिस्तार र प्रहरी दमनको विषयमा जनताको बोली बोल्दै, जनताको प्रतिनिधित्व गर्दै दर्हो आवाज उठाएको छु । मैले वागमती प्रदेश सभाले गठन गरेको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिमा रहेर काम गरी प्रतिवेदन पेश गरेँ । वागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा रहि काम गरेँ । साथै मैले सदनको विषयगत उद्योग समितिका सभापति ज्यूबाट गठित पर्यटन मन्त्रालय सम्बन्धी सुझाव कार्यदलको संयोजकको रुपमा कार्य अघि बढाएको छु ।मैले सदन बाहिर समेत आफ्नो सक्रियतालाई निरन्तरता दिइरहेँ । मैले तेक्वान्दो संघको उपाध्यक्ष, काष्ठमण्डप पुनःनिर्माण समितिको सल्लाहकार र हनुमानढोका क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर काम गरेँ ।बागमती प्रदेशको प्रदेश सांसद भइरहँदा जिल्ला समन्वय समिति सँग समन्वय र सहकार्य गरेर विभिन्न कार्यहरू गर्नुका साथै म विभिन्न सार्वजनिक महत्त्वको विषयहरूको बैठकमा सहभागी भई वातावरण, स्वास्थ्य, सम्पदा सरंक्षण जस्ता सामाजिक कार्यक्रमहरुमा संलग्न भएको छु । मैले वातावरण संरक्षणमा सम्बन्धमा आफ्नो सक्दो क्रियाशीलता देखाएको छु । वातावरण संरक्षणमा सम्बन्धमै व्यवस्था गर्न बनेको विधेयकमा संशोधन प्रस्ताब दर्ता गरी सदनबाट पारित गराउन सफल हुनुको साथै विकासको मानक, ’दीगो विकास’लाई काननूको अंग बनाउन सफल भएको छु । खुल्ला मंच को इतिहास र अस्तित्वलाई खतरामा पार्ने निर्णयको विरुद्ध काँधमा काँध मिलाएर उभिएको मलाई स्मरण छ। साथै, कमलपोखरी बिचमा कंक्रिटको संरचना बनाउने योजनाको बिषयमा पनि मेरो बिमती मैले संसद र बाटोमा उठाउदै, माटो सुहाउँदो बिकास को बारेमा अवाज राखेको थिएँ। यसरी अब भने प्रदेश संसद्को अनुभवलाई संघीय संसद मार्फत आफूलाई अझ सशक्त र सक्षम जनताको प्रतिनिधिको रुपमा आफुलाई उभ्याउने लक्ष्य लिएको छु । संसदीय प्रतिनिधित्व भएमा, राजनीति सँगसँगै सामाजिक रूपान्तरण गर्दै सुशासन, सम–वृद्धि र राजनीतिलाई सुसंस्कृत बनाउन मेरो भूमिका हुनेछ। आफ्नो जिम्मेवारी र दायित्वहरुलाई इमानदारिताका साथ पालना गर्दै, नेपालको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाको निमित्त सदैव प्रतिबद्ध भई संसदमा प्रतिनिधित्व गर्नेछु। देशमा ब्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्धनको लागि मेरा आवाजहरु सदन र सडक दुवैबाट बुलन्द हुनेछन् । युवा तथा दक्ष जनशक्तिको विदेश पलायनको समस्या न्यूनीकरणका लागि नीतिगत व्यवस्था गर्ने मेरो प्राथमिकता हुनेछ। नेपालमा उत्पादन हुने सबै वस्तु तथा सेवाहरूमा आत्मनिर्भरता तथा वाह्य क्षेत्रसँगको व्यापार र सुमधुर सम्बन्ध सन्तुलनको लागि पहल गर्नेछु। कृषिलाई विज्ञान र प्रविधिमा आधारित गराएर आधुनिकीकरण गराउन र नेपालको अखण्डताको रक्षा गर्ने निर्विकल्प उपाय आत्मसम्मान र आत्मनिर्भरता सहितको अर्थतन्त्रका लागि अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गराउन नेपाल सरकार र सदन दुबैलाई दवाव सृजना गर्नेछु। नेपालभरी फैलिएका सांस्कृतिक विविधताअन्तर्गत राष्ट्रिय पहिचानका धरोहरहरू संस्कृति, संस्कार र सम्पदा (मूर्त÷अमूर्त) लाई स्थानियहरुको अपनत्व हुने गरी संरक्षण, सम्बर्धन र प्रवर्धन गर्नेछु। संघीय सरकार, प्रदेश सरकार र स्थानिय निकायहरुसंग समन्वय गर्दै, हाम्रो क्षेत्रमा सुरक्षित पूर्वाधार विकास र सहरको व्यवस्थापनमा सकारात्मक भूमिका खेल्नेछु। तपाईहरु सबैको सहयोगमा, स्थानिय निकायमा हुने अनियमितता र ढिलासुस्ती कम गर्न विशेष पहल कदमी लिंदै सेवकको रुपमा काम गर्नेछु। तीनै तहको सरकारहरुसंग समन्वय गर्दै हामीले पहिलेदेखि गर्दै आएको पार्क निर्माण, ट्राफिक व्यवस्थापन, ढल व्यवस्थापन, फोहोर व्यवस्थापन, बाटो मर्मत, सडक बत्ती जडान तथा मर्मत लगायत कामहरुलाई निरन्तरता दिने नै छु। स्थानिय तहमा सूचना केन्द्र स्थापना गरेर, नेपालका प्रचलित कानून, सरकारले दिएका सुविधा, सस्तो कृषि कर्जा, साना व्यवसायको प्रवर्धन, सरकारी कार्यालयमा चाहिने फारम, कागजात आदिको सूची जस्ता महत्वपुर्ण बिषयहरुलाई आम जनता माझ पुर्याउन सहजीकरण गर्ने नै छु । नेपालको संविधानले सबैलाई प्रत्याभूत गरेको निःशुल्क गुणस्तरिय शिक्षा तथा स्वास्थ्यलगायत आधारभूत आवश्यकतालाई पूर्ति गर्न पहल गर्नेछु। नेपालका विश्वविद्यालयहरूमा विभिन्न विषयहरुमा अनुसन्धानका लागि आर्थिक कोषको व्यवस्था गर्न र देशको विकासका लागि दक्ष जनशक्ति निर्माण गर्न नीतिगत पहल गर्नेछु। पानीको समस्या अब आउने दिनहरुमा झन् कहालीलाग्दो हुने देखिएकाले वर्षाको पानी संकलन गर्ने, ऐतिहासिक हिटी र पोखरी पुनर्जीवित गर्ने, मासिंदै गएका पानीको श्रोतको संरक्षण गर्ने, कानून निर्माण गर्ने र कार्यान्वयन गराउन पहल गर्नेछु। त्यस्तै, फोहरबाट उर्जा निकाल्ने, छुट्टै व्यवसायको रुपमा विकास गर्ने, हरित ऊर्जाको सम्भावना र कार्बन–ट्रेडिङ्गसाथै समुदायसंग काम गरेको मेरो अनुभवलाई प्रयोग गरेर फोहोर व्यवस्थापनमा सहयोग गर्नेछु। वातावरण पर्यावरण र जलवायु परिवर्तन हाम्रो र भावी पुस्ताका यथार्थता पनि, बाध्यता पनि हो। वातावरण–मैत्री नीति–नियम तीनै स्तरका सरकारी निकाय–संयन्त्रले आर्थिक समुन्नतिसँगै जोड्दै लानुबहेक अरु कुनै विकल्प नभएको वैज्ञानिक तवरले पुष्टि भइसकेको हुँदा यसलाई म मेरो संसदीय कार्यकालको मुख्य इजेण्डामा राख्नेछु। वातावरण संरक्षणका साथै सम्पदा संरक्षण पनि मेरो कार्यकालको प्राथमिकतामा छ। सरकारी निकायका सेवाग्रहीले सरकारी निकायहरुमा स–सम्मानका साथ सेवा प्राप्त गराउन डिजिटाइजेसन यौटा बाटो हुन सक्छ, जसमा मेरो पहल हुनेछ। त्यस्तै, नवीन सोचहरु समेटेर युवा उद्यमशीलता प्रवर्धन गराउन मेरो कार्यालयको प्राथमिकता हुनेछ।यसरी मैले राजनीतिमा सदैव इमान्दार प्रयास हिजो पनि गरे, आज पनि गर्दैछु र भोलीका दिनमा समेत गर्नेछु भन्ने अठोट सहित हिजो बागमती प्रदेशको प्रदेश सांसद रहेको म आज संघीय संसद्को प्रतिनिधि सभाको लागि काठमाडौं क्षेत्र नं ८ बाट उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गरेको छु । मलाई विश्वास छ कि मैले आज सम्म जे गरे सदैव निष्ठा र इमानले गरे, अब आम जनताले पनि यहीँ निष्ठा र इमानलाइ हेरेर मलाई विजयी गराउनु हुनेछ ताकि मैले अझै सेवा गर्न सक्छु, अझै कर्तव्यनिष्ठ भएर कर्म गर्न सकूँ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ३५ बजे