मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य



२५ कार्तिक , काठमान्डौँ । सुनको मूल्य एकैदिन तोलामा १३ सय रूपैयाँ वृद्धि भएको छ । अघिल्लो प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बढेर आज ९६ हजार ७ सय रूपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले बढ्दै आज एक हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : २१ बजे