मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजिव गान्धीको हत्याका सबै दोषीलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश



२५ कार्तिक , काठमान्डौँ । राजिव गान्धी हत्या प्रकरणमा भारतीय सर्वोच्च अदालतले शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको छ । जसमा नलिनी र आरपी रविचन्द्रन पनि पर्छन् । उनीहरु सबै आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

३१ वर्षअघि भएको थियो राजिव गान्धीको हत्या
२१ मे सन् १९९१ मा एक चुनावी सभाका बेला तमिलनाडुमा एक आत्मघाती हमलामा राजिव गान्धीको हत्या गरिएको थियो । यो मामिलामा पेरारिवलनसमेत ७ जनालाई दोषी पाइएको थियो । टाडा अदालत र सर्वोच्च अदालतले पेरारिवलनलाई मृत्युदण्डको सजया सुनाएको थियो । तर पछि सर्वोच्च अदालतले मृत्युदण्डको सजायलाई जन्मकैदमा फेरिदिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ३५ बजे