मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १० जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त




२५ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा कोरोना संक्रमणबाट २६ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ५४६ जना रहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : १३ बजे