मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपनको खहरेको समस्या दुई वर्षभित्र समाधान हुन्छः गगन थापा




२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दाबी गरेका छन् । उनले दुई वर्षमा खहरेको समस्या समाधान गर्न नसके फेरि मत माग्न नआउने प्रतिबद्धता जनाए ।

निर्वाचनका लागि मत माग्न कपनस्थित खहरे खोला बस्तीमा पुगेका बेला थापाले खोलाको व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइसकेकाले अबको दुई वर्षमा काम पुरा हुने जानकारी गराएका हुन् । खहरे खोला छेउमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै थापाले भने– ‘दुई वर्षभित्र यो खहरेको समस्या समाधान गर्न सकेनौँ भने अर्को पटक तपाईंहरूको बीचमा मत माग्न आउँदैनौँ ।’उनले खहरेको छेउमा रहेका घर अगाडिको फोहोरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गरे । ‘मैले तपाईहरुको घर अगाडिको फोहोर मात्रै हैन, देशकै फोहोर सफा गर्ने अठोट गरेको छु, त्यसका लागि तपाईहरुको साथ अनिवार्य हुन्छ, मलाई रुख चिन्हमा मतदान गरेर त्यो अठोट पुरा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध छ’, थापाको आग्रह छ ।

बुढानिलकण्ठ वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : २२ बजे