मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड गोरखाले पाउनु ठुलो रुखको छहारी होः पाण्डे




२५ कात्तिक, काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गोरखा प्रतिनिधिसभा–२ अन्तर्गतको प्रदेशसभा–२ का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाले पाउनु ठूलो रुखको छहारी जस्तै भएको बताएका छन् ।

गोरखाको सिरान चोकको हर्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाण्डे प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिनु गोरखाली जनताको गौरवको विषय भएको टिप्पणी गरे । ‘नेपालीमा उखानै छ, ठूलो रुखको ओत लागे धेरै झरी पानी रोक्न सकिन्छ, छहारी पनि हुन्छ ।

अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्नु ठूलो रुखको छहारीजस्तै भयो । त्यो गोरखाली जनताका लागि गौरवको विषय हो’ पाण्डेले भने । प्रचण्डलाई गोरखाबाट निर्वाचित गराएमा गोरखा मात्रै नभएर देशकै मुहार फेरिन सक्ने पाण्डेले बताए । गोरखाबाट प्रचण्डले जित्नु नै नेपाली जनताको जित हुने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : २७ बजे