मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँमा प्रदेशसभा उम्मेदवार गुरुङलाई भोट माग्दै ज्योति मगर



२५ कात्तिक,काठमान्डौँ । चर्चित लोकदोहोरी गायिका ज्योति मगरले नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ (ख) का गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार पूर्णबहादुर गुरुङलाई भोट मागेकी छन् ।

केही दिनयता तनहुँमा रहेकी उनी उम्मेदवार गुरुङको घरदैलो अभियानमा सँगसँगै हिंडिरहेकी छन् । उनले उम्मेदवारको ब्यानर लिंदै गीत गाउँदै भोट मागेकी हुन् । उनले यो क्षेत्रमा पर्ने देवघाट, आँबुखैरेनी लगायत ठाँउको घरदैलो अभियानमा गुरुङलाई साथ दिएकी छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य परित्याग गर्दै एमालेमा प्रवेश गरेर गुरुङ प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानसहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ०१ बजे