मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२२ औं पर्सा दिवसको अवसरमा एबीसी टेलिभिजन मधेस प्रदेशका ब्यूरो प्रमुख छतकुली सम्मानित




२७ कात्तिक, काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो स्थापनाको २२ औं पर्सा दिवस मनाएको छ । पुर्व राजदुत डाक्टर राम भक्त ठाकुरले शनिबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पर्सा वासिहरुलाई काठमाडौं मा हुने कुनै पनि किसिमका कठिनाइ नहोस भन्नका लागि पर्सा मिलन केन्द्र स्थापना गरिएको बताए ।

अब पर्सा वासीहरुका हकहितका लागी पर्सा मिलन केन्द्र काठमाडौंले अझै शशक्त रुपमा काम गर्ने ठाकुरले बताए । पर्सा मिलन केन्द्रको २२ औं दिवसको अवसर पारेर बिभिन्न १० बिधाका फरक फरक १० ब्यक्तित्वलाइ सम्मान गरिएको थियो । कार्यक्रममा एबीसी टेलिभिजन मधेस प्रदेशका ब्यूरो प्रमुख शेखर छतकुलीलाई संचार क्षेत्रमा गरेको अतुलनिय योगदानलाई आधार मान्दै सम्मान गरिएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा डाक्टर गोपाल प्रसाद गजुरेल, सामाजिक क्षेत्र तर्फ बृजेश प्रसाद चौधरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरु सवै पर्सामा बसोबास गर्नेहरु मात्र रहेका छन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पर्सा मिलन केन्द्र काठमाडौं ले पर्सा जिल्ला वासिहरुको हकहितमा काम गरे मात्र पर्सा मिलन केन्द्रको उद्देश्य पुरा हुने बताएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ३२ बजे