मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालसँग खेल्ने पाकिस्तानी टोली घोषणा




२७ कार्तिक, काठमान्डौँ । पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ । फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकट मूल्य समेत निर्धारण गरेको छ ।

सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रूपैयाँ निर्धारण गरेको छ। नेपालले शुक्रबार पाकिस्तान विरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यसपटक टोलीको प्रशिक्षकमा प्रवेश कटुवाल रहेका छन् ।

पाकिस्तानी टोली :

गोलकिपर: साबिक हानिफ,युसुफ इजाज बट,अब्दुल बासित

रक्षक :राओ उमर हायात,जेन उल अबादिन,जुदैन शाह, सोहेल खान, अब्दुल्लाह शह, सरदार वाली,हासिब अहमेद खान,मोहमुन मोसा खान

मिडफिल्डर : उमर अली, जैनुल अविदिन,अब्दुल कादिर खान,अलामगिर,मोहम्मद आनन्द याकुव,आनन्द साहिद

स्ट्राइकर : मोहम्मद अफ्जल,हुसैन वासिर,मुहामेद वाहिद,वालिद खान,सायक दोस्त, आदिल युनुस

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ३० बजे