मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढयो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?




२७ कार्तिक, काठमान्डौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आईतबार ६ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि गत शुक्रबारको मूल्यमा ६ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढ्दै आज एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ३९ बजे