मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा दोहोरो अंकको गिरावट, ७७ करोड ४९ लाखको कारोबार



२६ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १०.५४ अंक (०.५६ प्रतिशत) ले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० कात्तिकमा १९६५.३६ अंकसम्म पुगेको नेप्से पछिल्लो पाँच दिन लगातार घट्दा ८३ अंकको गिरावट भएको छ । नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । आइतबार हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

आइतबार नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ । १७ कात्तिकपछि कारोबार रकम १ अर्बबाट झरेको छ । आइतबार शिवम् सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख ६ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार र नबिल बैंकको २ करोड ३८ लाख २६ हजारको कारोकार भएको छ । आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १३१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको स्थिर रहेको छ ।

बिहीबार सूचीकृत कम्पनीमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ३.७४ प्रतिशतले वृद्धि हुँदा सिंगटी हाइड्रोपावरको ३.३५ प्रतिशत र गोर्खाज फाइनान्सको ३.१४ प्रतिशतले वृद्धि भएको छ । लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य भने सर्वाधिक ७.९० प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाइ मूल्य ३.७७ प्रतिशतले बढेको छ । यता नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य ६।९० प्रतिशतले गिरावट हुँदा खराब वित्तीय विवरणले निर्धन उत्थान लघुवित्तको सेयर मूल्य ६।४० प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : ५४ बजे