मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्यमा सामान्य गिरावट



२८ कार्तिक,काठमान्डौँ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ भने चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रूपैयाँ र चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ४४ बजे