मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान



२८ कार्तिक , काठमान्डौँ । जुम्लाका सबै स्थानीय तहमा नमुना मतदान भएको छ । एक चन्दननाथ नगरपालिका र ७ गाउँपालिकामा नमुना मतदान भएको हो । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान गरिएको हो । भोट बदर हुने सङ्ख्या कम गर्न नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले बताए । उनका अनुसार नमुना मतदानमा देखिएका कमीकमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका चौलागाईले बताए ।कर्मचारीको सहयोगमा मतदातालाई सहभागी बनाएर पातारासी,गुठिचौर,चन्दननाथ नगरपालिका,तातोपानी,तिला र हिमा गाउँपालिकामा नमुना मतदान गरिएको थियो ।

उनले भने, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नमुना मतदान छ। जिल्लाका ८ वटै स्थानीय तहमा मतदाताहरूलाई मतदान गर्ने तरिका, बदर मत घटाउने नमुना मतदानको उद्देश्य हो । जुम्लाका ६० वटा वडाहरू छन् । सबैमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। आइतबार १ सय ४ जनाले चन्दननाथ नगरपालिकामा गरेका थिए। जसमध्ये ९१ मत सदर,१३ मत बदर भएको थियो । पातारासी गाउँपालिकामा ३८ जनाले नमुना मतदान गरे जसमध्ये २४ मत सदर,१४ मत बदर भएको चौलागाईले जनाए । हिमा गाउँपालिकामा ४२ मध्ये ३० मत सदर १२ मत बदर,तातोपानीमा ५९ मध्ये ५० मत सदर र ९ मत बदर, तिलामा ७२ मत मध्ये ५४ मत सदर र १८ मत बदर भएका थिए ।

गुठिचौर गाउँपालिकामा ७२ खसेको मत मध्ये ६० मत सदर र १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहमा भएको नमुना मतदानको बदर मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको निर्वाचन कार्यालयले जनाएको छ । यो भन्दा पहिला कनकासुन्दरी गाउँपालिकामा र सिञ्जा गाउँपालिकामा नमुना मतदान भइसकेको थियो । कनकासुन्दरी गाउँपालिकामा ४८ मत खसेकोमा १२ मत बदर भए। सिञ्जा गाउँपालिकामा ३७ मत खसेकोमा ८ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईंले जनाए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ४९ बजे