मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखामा अब्दुस मियाँको टोलीमाथि आक्रमण, एक जना गम्भीर घाइते



२९ कात्तिक, काठमाडौं । गोरखा-२ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ। आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ। खाइरहेको खाना छरिएको छ। घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : २६ बजे