मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसद्वारा थप ५ जनालाई पार्टीबाट निष्काशित




२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जनालाई निष्काशनको घोषणा गरेको छ ।आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो ।

यस्तै बारा जिल्ला समिति सदस्य रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै आएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : ५४ बजे