मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको नख्खुमा बालुवा व्यवसायी मृत भेटिए



२८ कात्तिक, काठमाडौं । ललितपुरको नख्खुमा एक जना व्यवसायी मृत भेटिएका छन् । रामेछाप घर भई नख्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षका राजन बस्नेत मृत भेटिएका प्रहरीले जनाएको छ ।

बस्नेतको टाउकोमा चोट लागेको छ । उनलाई चोट कसरी लाग्यो र चोट नै मृत्युको कारण हो होइन भन्ने बारेमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुर अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ४० बजे