मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम



२८ कार्तिक , काठमान्डौँ । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमित थपिनुका साथै २३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : २४ बजे