मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते



२९ कात्तिक, काठमान्डौँ। भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् ।

बागमती प्रदेश ०२-०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किंदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि-३ बस्ने २३ वर्षीय अमनल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ११ : २६ बजे