मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य



२९ कार्तिक , काठमान्डौँ ।नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो ।


अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ११ : ३२ बजे