मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती नदीमा डुबेका किशोरको शव फेला



२९ कार्तिक, काठमान्डौँ । राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला परेको छ । दाङको राप्ती नदीमा शनिबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका– १ बडहराका १६ वर्षीय निश्चल यादवको शव मंगलबार बिहान फेला पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन् ।

१६ वर्षका निश्चल यादव गत कार्तिक २६ गते साथीहरुसँग नुहाउन भन्दै राप्ती नदीमा गएका थिए । किशोर डुबेर खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य सुरु गरेका थिए ।

नदीमा डुबेको चौथो दिनमा गोताखोरको टोलीले दुई सय मिटर पश्चिम झोलुङ्गे पुलको नजिकै शव फेला पारेको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ११ : ४६ बजे