मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविन्द्र मिश्रको लागि भोट माग्न घरदैलोमा मनिषा कोइराला



२९ कात्तिक,काठमान्डौँ।चुनाव नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौँ क्षेत्र नम्बर-१ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावी प्रचारमा तीव्रता दिएका छन्। अभिनेत्री मनीषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छिन् ।

कोइराला आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी हुँदै आएकी छिन् ।आज बिहान उनी काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा सहभागी भएकी हुन् । घरदैलोको क्रममा कोइरालाले राप्रपाका उम्म्दवारहरुलाई मत दिन मतदातालाई आग्रह गरेकी थिइन् ।

बिहान ७स्३० बजेदेखि मिश्रसहित राप्रपाका नेता कार्यकर्तासँगै कोइराला बबरमहल क्षेत्रको घरदैलोमा सहभागी भइरहेकी छिन् । कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नातिनीसमेत रहेकी कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वीपीको सिद्धान्तमा इमानदार रहेको दाबी गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : १८ बजे