मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा ७५ वर्षीय महिलाको शव फेला



२९ कात्तिक, काठमान्डौँ । गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ ।

इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।

ताला लगाइएको घरभित्र थापाको शव भेटिएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी खरेलले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ४९ बजे